साना किसान कृषि सहकारी संस्था लिमिटेड, सपहीको १३ औं साधारण सभा सम्पन्न

0

असोज १० गते

राजन चौधरी पत्रकार
कोल्हबी बारा प्रतिनिधि सामादाता
साना किसान कृषि सहकारी संस्था लिमिटेड, सपहीको १३ औं वार्षिक साधारण सभा एक कार्यक्रमको बिच बाराको कोल्हबी नगरपालिका वार्डा नंम्बर ४ मा रहेको गोदाम घरको प्राङ्गणमा भब्यताको साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष अस्तुर्नी देवि थरुनिको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि बारा जिल्ला कृषि सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनीले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रम उदघाटन गरेका थिए ।
अध्यक्ष सहनीले सहकारीको भूमिका ग्रामिण विकास र साना किसानको आर्थिक उन्नतिमा महत्वपूर्ण रहेको उल्लेख गर्दै सहकारीहरूलाई पारदर्शिता, उत्तरदायित्व र सदस्यहरूको हितका लागि समर्पित भएर काम गर्न आग्रह गरेका छन्। उनले सहकारीको स्थायित्वका लागि सशक्त नेतृत्व र सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य भएको पनि बताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष थरुनीले विगत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले गरेको प्रगति, आर्थिक अवस्था, लगानीका क्षेत्रहरू तथा भावी योजनाहरूको जानकारी गराए। उनले साना किसानको जीवनस्तर उकास्न सहकारीले खेलेको भूमिकालाई प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। त्यसतै लेखा प्रतिवेदन लेखा सन्योजक शान्ता सुबेदीले प्रस्तुत गरे।आर्थिक बर्ष ०८१र०८२ को ५२ करोड १६ लाखको आय ब्य संस्थाका प्रबन्धक अरुण चौधरीले पेस गर्नु भयो।
शुभकामना मन्तव्य साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाका प्रबन्धक पुष्पराज खतिवडा ,साना किसान कृषि सहकारी संस्था भोडहाका अध्यक्ष पुनदेव रौनियार,साना किसान कृषि सहकारी संस्था लि।मनहर्वाका अध्यक्ष नयनकला खडका।स्वागत मन्तव्य संस्थाका सचिव चन्द्र कुमारी कार्कीले गर्नु भएको थियो भने सन्चालन सजना खनालले गर्नुभएको थियोे।सभामा संस्थाका सल्लाहकार, सदस्यहरू, अन्य सहकारी शेयर धनी सदस्यहरु संस्थाको सञ्चालक समितीको सम्पुर्ण पदधिकारीहरु लगायत सन्चारकर्मीहरुको बिशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *