पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंह र भाजपा नेता केन्द्रिय मन्त्री गिरिराज सिंह बीच भेटघाट

0

साउन १७ गते
नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापती पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंह र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका केन्द्रीय मंत्री गिरिराज सिंहले बीच शिष्टाचार भेटघाट भएको छ ।
बिहार राज्यको राजधानी पटनामा भएको भेट घाटमा नेपाल –भारत दुई देश साथै नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने लगायत विषयमा छलफल भएको थियो ।
नेपाली कांग्रेसका नेता वीरेन्द्र प्रसाद सिंहले भने अहिले मधेश प्रदेशमा सुख्खा संकट ग्रस्त भएकोले यहाँका आम जनतालाई धेरै दुःख भएको भारतीय केन्द्रीय मन्त्रीलाई भने यहाँका आम नागरिकलाई सहज बनाउन हाम्रो मित्र राष्ट्र भारतबाट सहयोगको अपेक्षा गरेको छु। मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले बताए। सो भेटवार्तामा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकासको सम्बन्धलाई प्रगाढ़ बनाउनुको साथै मधेश प्रदेश र नेपालमा भ्रमण गर्ने भाजपा नेता केन्द्रिय मन्त्री गिरिराज सिंह प्रतिवद्धता व्यक्त गरेका छन् ।नेपाल भारत दुई देशबीच रहेको आदि कालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीन रुपमा थप बलियो बनाउने नेपाली कांग्रेस नेता वीरेन्द्र प्रसाद सिंहले विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *