गरुडा नगरपालिकाका सबै वडामा औषधि वितरण: जनस्वास्थ्यमा नगरप्रमुख जयसवालको सक्रियता

0

असार ३१ गते राम प्रवेश बैठा

रौतहटको – गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद जयसवालको विशेष पहलमा वडा नम्बर १ देखि ९ सम्म रहेका सबै स्वास्थ्य चौकीहरूमा आवश्यक औषधिहरू वितरण गरिएको छ। यस पहलमार्फत नगरवासीहरूलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ।

स्वास्थ्य चौकीहरूमा औषधिको अभावका कारण सेवाग्राहीहरूले भोग्दै आएको कठिनाइलाई ध्यानमा राखी नगरपालिकाले यस्ता कार्य अघि सारेको हो। नगरप्रमुख जयसवालले जनताको स्वास्थ्य सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट गर्दै भने, “स्वास्थ्य सेवा पहुँचमा ल्याउन र औषधिको अभाव हटाउन नगरपालिकाले आवश्यक कदम चालिरहेको छ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य संयोजकले पनि यो अभियानमार्फत स्वास्थ्य चौकीहरूलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। अब स्वास्थ्य संस्थामा आउने बिरामीहरूले प्राथमिक उपचारमा आवश्यक पर्ने औषधिहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा कुनै कमी नहोस् भन्ने दृढ संकल्पसहित आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। नगरप्रमुख जयसवालले आगामी दिनमा अझ थप स्तरीय सेवा विस्तार गर्ने योजना रहेको जानकारी पनि दिएका छन्।

स्थानीय सरकारले चालिएको यस कदमले स्वास्थ्य सेवामा विश्वास बढाउने र जनताको जीवनस्तरमा सुधार ल्याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *