नारायणी अस्पतालद्वारा सेवा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा जोड
बैशाख ४ गते राम प्रवेश बैठा
बिरगंज — Narayani Hospital ले आफ्ना स्वास्थ्य सेवाहरूलाई अझ प्रभावकारी, छिटोछरितो र गुणस्तरीय बनाउने लक्ष्यसहित नयाँ सुधारात्मक पहल सुरु गरेको जनाएको छ।
अस्पताल प्रशासनका अनुसार यस महिनादेखि सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्न विशेष ध्यान दिइएको छ। बिरामीको सहज पहुँच, छिटो उपचार र गुणस्तरीय सेवा सुनिश्चित गर्न विभिन्न पक्षमा सुधार गरिएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालले सेवाग्राहीहरूको स्वास्थ्य र सुविधालाई सधैं प्राथमिकतामा राख्दै निरन्तर सुधारसहित उत्कृष्ट सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
यसै सन्दर्भमा अस्पतालले सबै सेवाग्राहीहरूलाई निर्धक्क भएर सेवा लिन आउन आग्रह गर्दै स्वास्थ्य सेवामा विश्वास गर्न अनुरोध गरेको छ।
नारायणी अस्पतालको यो पहलले सेवाग्राहीहरूलाई अझ सहज र विश्वसनीय स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।
