धनकौलमा मेयर कप क्रिकेट प्रतियोगिता सुरु पूर्व मन्त्री वीरेन्द्र सिंह र पालिका अध्यक्ष रामअस्रे साहले गरे उद्घाटन।

0

कार्तिक ५ गते
सर्लाहीको धनकौल गाउँपालिकाको धनकौलमा बुधवारदेखि
मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
धनकौल गाउँपालिकाको विशेष पहलमा प्रतियोगिता
चीनी मिलको क्रिकेट मैदानमा भइरहेको हो ।
उक्त प्रतियोगिता ‘मेयर कप २०८२’ को एक समारोहका बिच नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापती पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंह र धनकौल गाउँपालिकाको अध्यक्ष रामअस्रे साहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद मूल नाराको साथ मेयर कप क्रिकेट प्रतियोगिता धनकौल गाउँपालिकाले छेठौ संस्करणमा पालिका अध्यक्ष साहले बोल्दै उनले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका
निरन्तर सहयोगी रहने प्रतिबद्धता जनाए ।
उनले खेलाडीहरूका लागि आवश्यक पूर्वाधार विकास तथा सहयोग उपलब्ध गराउने योजना रहेको बताए । युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरका रुपमा यो प्रतियोगितालाई लिन सकिने उनको भनाइ छ । प्रतियोगितामा धनकौल गाउँपालिकाको आठ ओटाटोलीबीच प्रतिस्पर्धा हुनेछ । आज भएको खेलमा वडा नं ५ हरकठवा ले वडा नं १ शेखवनालाई ६७ रनले पराजीत गरे। यो प्रतियोगिता कार्तिक १२ गते सम्म चल्ने धनकौल गाउँपालिका नेपाली कांग्रेसका युवा नेता दीपेन्द्र साहले बताए।यस प्रतियोगिताले खेलप्रेमीहरूमा उत्साह थपेको छ भने खेल हेर्नका लागि स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिन्छ । उक्त अवसरमा वडा नं १ का वडा अध्यक्ष गौरी महतो, वडा नं २ का वडा अध्यक्ष रामबहादुर सहनी, वडा नं ४ का वडा अध्यक्ष नरेन्द्र राय, वडा नं ६ का किशोरी, राय, वडा नं ७ का वडा अध्यक्ष रामलखन राय शिक्षा शाखाका प्रमुख युक्ति राम लगायतका अन्य जनप्रतिनिधि र कर्मचारीहरूको उल्लेखनीय उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *